सेतीको प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

अत्तरिया, १ कार्तिक- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६५ जनाको नमूना परिक्षण गरिएकोमा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए।

Ganyapdhura gau
Dadeldhura hospital

हाल अस्पतालमा ७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ६ जनाको आइसियुमा उपचार भईरहेको छ भने ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा ३ जना अस्पताल भर्ना भएका छन्। भने ३ जना कोरोनामुक्त भएका छन्।

Navadurga sun
Godawari sandesh

त्यस्तै सोही अवधिमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ७ का ७० बर्षीय एक पुरुष र कञ्चनपुरको बेलडाडी गाउपालिका २ का ६७ बर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ।

Couple
Loading...