धनगढीमा आधारभूत तह कक्षा ८ को परीक्षामा उत्कृष्ट २५ विद्यालय सम्मानित

धनगढी- धनगढी उपमहानगरपालिकाले कक्षा ८ को आधारभूत तह परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूलाई ब्यान्ड बाजा र उत्सवका साथ भव्य सम्मान गरेको छ । शैक्षिक गुणस्तर सुधारमा उल्लेख्य सफलता प्राप्त गर्ने २५ वटा विद्यालयहरूलाई सोमबार एक विशेष समारोहका बिच पुरस्कृत गरिएको हो ।

जसमा १० वटा सामुदायिक विद्यालयहरू रहेका छन । सम्मानित हुनेहरूमा वेहडावावा मावि, शारदा मावि, सिद्धार्थ मावि, सर्वोदय मावि , इन्द्रोदय मावि, पञ्चोदय मावि र शारदा मावि देवरिया रहेका छन् । यस्तै, सम्मानित हुनेमा जनप्रिय मावि, ठेकराज मावि र चन्द्रोदय मावि पनि रहेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यसैगरी, उत्कृष्ट नतिजा ल्याउने १५ संस्थागत विद्यालयहरू रहेका छन् । जसमा सिद्धार्थ विद्या मन्दिर, मयूर ई.बो., गुरुकुल ई.बो., जेसिज एभरेस्ट, ग्लोबल मोडर्न पब्लिक स्कुल, पञ्चकोटी विद्या निकेतन, नन्दिनाज एकेडेमी, अपि विद्या निकेतन, गोल्डेन ज्योति, केदारनाथ विद्या निकेतन, सिद्धार्थ इन्टरनेशनल, दरबार ई.बो., ग्यालेक्सी मावि र डिलाइट ई.बो. रहेका छन्।

उपमहानगरपालिकाका अनुसार विद्यालयहरूबिच स्वस्थ प्रतिस्पर्धा बढाउन र शैक्षिक वातावरणलाई थप सुदृढ बनाउन यसरी सार्वजनिक रूपमा सम्मान गरिएको नगर प्रमुख गोपाल हमालले बताए ।

कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले उपनगरपालिकाको यो कदमले आफूहरूलाई थप जिम्मेवार बनाएको र आगामी शैक्षिक सत्रमा अझै राम्रो नतिजा ल्याउन प्रेरणा मिलेको विद्यालयका प्रधानाध्यापकहरूको बताएका छन् । धनगढी उपमहानगरपालिकाले शिक्षा क्षेत्रलाई आफ्नो प्राथमिकतामा राख्दै पछिल्लो समय विद्यालयहरूको भौतिक र गुणस्तरीय सुधारमा जोड दिँदै आएको छ ।

Loading...