‘उज्यालो धनगढी’ अभियान अन्तर्गत स्मार्ट स्ट्रीट लाइट उद्घाटन

धनगढी- धनगढी उपमहानगरपालिका ले ‘उज्यालो धनगढी’ कार्यक्रम अन्तर्गत विभिन्न वडामा स्मार्ट स्ट्रीट लाइट जडान गरी उद्घाटन गरेको छ। आइतबार एकैपटक नौ स्थानमा सडक बत्ती उद्घाटन गरिएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

उपमहानगरपालिकाको नीति अनुसार ‘एक वडा, एक आर्थिक केन्द्र (बजार क्षेत्र)’ निर्माण गर्ने उद्देश्यले अभियानको आठौं चरण अन्तर्गत बत्ती जडान गरिएको हो। वडा नम्बर १, ३, ७, ८, ११, १२ र १७ लगायतका स्थानमा सम्बन्धित वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूले उद्घाटन गरेका हुन्।

Navadurga sun
Godawari sandesh

कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकलाकुमारी राना, कर्मचारी र स्थानीयवासीको उपस्थिति रहेको थियो।

यस कार्यक्रममार्फत नगर क्षेत्रलाई उज्यालो, सुरक्षित र व्यवस्थित बनाउने तथा स्थानीय बजारको विकास र आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य राखिएको छ।

Couple
Loading...