धनगढीका डा. मेराज आलम अन्सारीलाई ‘राष्ट्रिय हेल्थ अवार्ड–२०८२’

धनगढी- स्वास्थ्य क्षेत्रमा निरन्तर समर्पित चिकित्सकहरूको योगदानको कदर गर्दै ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा धनगढीका वरिष्ठ जनरल सर्जन डा. मेराज आलम अन्सारीलाई उक्त प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो। पूर्व स्वास्थ्य मन्त्री सुधा गौतम शर्माले अन्सारीलाई अवार्ड प्रदान गरेकी थिइन्।

Navadurga sun

स्वास्थ्य दर्पण मिडिया नेटवर्कको दशौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा डा. अन्सारीले सुदूरपश्चिम प्रदेशमा पुर्‍याएको दीर्घकालीन स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र दुर्गम क्षेत्रमा सेवा विस्तारको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा अध्यक्ष सन्दीपकुमार श्रेष्ठले यस्ता समर्पित चिकित्सकहरूको योगदानले देशको स्वास्थ्य प्रणाली सुदृढ हुँदै गएको उल्लेख गर्दै सम्मानले अन्य स्वास्थ्यकर्मीलाई पनि प्रेरणा मिल्ने बताए।

उक्त कार्यक्रममा सातै प्रदेशबाट विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याएका चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार तथा संस्थाहरूलाई समेत २० वटा विधामा अवार्ड प्रदान गरिएको थियो।

स्वास्थ्य दर्पण मिडिया नेटवर्कले हरेक वर्ष आयोजना गर्दै आएको यो अवार्डले स्वास्थ्य क्षेत्रमा समर्पित व्यक्तिहरूलाई सम्मानित गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...