सुदूरपश्चिममा अन्धोपन न्यूनीकरणमा उल्लेखनीय सफलता

धनगढी- नेपाल नेत्रज्योति संघ जिल्ला शाखा कैलालीको २८औँ वार्षिक साधारण सभा शनिबार धनगढीमा सम्पन्न भएको छ। कार्यक्रममा वक्ताहरूले सुदूरपश्चिम प्रदेशमा अन्धोपन न्यूनीकरणमा प्राप्त उपलब्धि प्रति गर्व गर्नुपर्ने बताएका छन्।

संघका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष चक्र बहादुर सिंहले सुदूरपश्चिमजस्तो विकट क्षेत्रमा अन्धोपन न्यूनीकरणको कार्य सफल हुनु महत्वपूर्ण उपलब्धि भएको बताए। सन् १९८० मा गरिएको सर्वेक्षणअनुसार सुदूरपश्चिममा अन्धोपनको दर सबैभन्दा बढी रहेकोमा हाल उल्लेखनीय रूपमा घटेको छ।

godawari10 Mahila hinsa
Navadurga sun

सुदूरपश्चिममा अन्धोपन न्यूनीकरण गर्ने उद्देश्यले २०३५ सालमा कैलालीमा संघको जिल्ला शाखा स्थापना गरिएको थियो भने सन् १९८१ मा गेटा आँखा अस्पताल स्थापना गरिएको थियो, जुन काठमाडौं बाहिरको पहिलो आँखा अस्पताल हो।

Dadeldhura hospital

अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. सुरेश राज पन्तका अनुसार सन् १९८० मा १.०२ प्रतिशत रहेको अन्धोपन दर सन् २०२१ मा घटेर ०.२१ प्रतिशतमा झरेको छ। उनले अस्पताल र संघको संयुक्त प्रयासले यो सफलता सम्भव भएको बताए।

हाल अस्पतालले आफ्ना ३० इकाइमार्फत नियमित सेवा दिँदै आएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा २९ स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरी १४,७२४ जनालाई सेवा प्रदान गरिएको र १,६०२ जनाको निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिइएको छ।

गत वर्ष प्रदेशका ४०८ विद्यालयका ८६,६४३ विद्यार्थीको आँखा परीक्षण गरिएको र १,२८० जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो। ग्रामीण क्षेत्रमा जनचेतना अभिवृद्धिका लागि विभिन्न तालिम कार्यक्रम पनि सञ्चालन भइरहेका छन्।

कार्यक्रममा आँखा सेवामा योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरिएको थियो। साथै ३० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीहरूलाई नगदसहित सम्मान गरिएको थियो।

Loading...