धुलिकोट दरबारमा ‘प्रीति पुष्करिणी’ कविता संग्रह विमोचन

अत्तरिया- ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको धुलिकोट दरबार परिसरमा वरिष्ठ साहित्यकार खगेन्द्र गिरि ‘कोपिला’ को नवीन कृति ‘प्रीति पुष्करिणी’ कविता संग्रह २०८२ सालको अन्तिम आइतबार सूर्योदयको समयमा एक विशेष समारोहबीच विमोचन गरिएको छ।

उक्त कृति देउखुरी साहित्य तथा संस्कृति मञ्चका अध्यक्ष तथा साहित्यकार नीमबहादुर थापा, साहित्यकार महेन्द्र अतल तथा पत्रकार एवं साहित्यकार पुष्पराज जोशी ले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

Navadurga sun

कार्यक्रममा बोल्दै वक्ताहरूले ‘प्रीति पुष्करिणी’ भित्र समेटिएका कविताहरूले मानवीय संवेदना, प्रेम, प्रकृति तथा सामाजिक यथार्थलाई सशक्त रूपमा अभिव्यक्त गरेको बताएका थिए। उनीहरूले लेखक ‘कोपिला’ को सिर्जनशीलता तथा नेपाली साहित्यप्रतिको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त कृतिहरू आउने विश्वास व्यक्त गरे।

ऐतिहासिक धुलिकोट दरबार परिसरमा सम्पन्न उक्त कार्यक्रमले साहित्यिक वातावरणलाई थप ऊर्जाशील बनाएको सहभागीहरूले बताएका छन्। कार्यक्रममा साहित्यप्रेमी, सर्जक तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सर्वदा साहित्य संगम नेपालगन्जका उपाध्यक्ष खड्गबहादुर बोहरा को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन देउखुरीका कवि गुरुप्रसाद कुमाल ‘बुलबुलु’ ले गरेका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...