धनगढी–काठमाडौँ बसभाडा बढेर २३४७ रुपैयाँ पुग्याे

धनगढी- नेपाल सरकारले लामो तथा मध्यम दुरीका अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ। यससँगै धनगढीदेखि काठमाडौँसम्मको बसभाडा २०११ रुपैयाँबाट बढेर २३४७ रुपैयाँ पुगेको छ, जसले यात्रुहरूलाई थप आर्थिक भार परेको छ।

नयाँ भाडा सूचीअनुसार एउटै रुटमा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ५२४ रुपैयाँसम्म वृद्धि गरिएको छ। सार्वजनिक गरिएको २८० रुटमध्ये सबैभन्दा धेरै भाडा काठमाडौँ–अत्तरिया हुँदै बाजुराको मार्तडी जाने रुटमा ५२४ रुपैयाँले बढेको छ।

Navadurga sun

त्यस्तै, काठमाडौँ–अत्तरिया–चैनपुर (बझाङ) रुटमा ५२० रुपैयाँ वृद्धि भई भाडा ३,६३५ रुपैयाँ पुगेको छ। सबैभन्दा कम वृद्धि नारायणगढ–कावासोती बजार रुटमा देखिएको छ, जहाँ १८ रुपैयाँले बढेको छ।

राजधानी काठमाडौँबाट बाहिरिने प्रमुख गन्तव्यहरूमा पनि भाडा उल्लेख्य रूपमा बढेको छ। काठमाडौँ–पोखरा रुटमा यात्रुले अब १०९ रुपैयाँ बढी तिर्नुपर्नेछ भने काठमाडौँ–धनगढी यात्रामा ३३६ रुपैयाँ थपिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...