मञ्चले होलि बिशेष शुभकामना आदान–प्रदान तथा सल्लाहाकारलाई स्वागत कार्यक्रम सम्पन्न

अत्तरिया- कैलालीको अत्तरियमा रहेको गोदावरी पत्रकार मञ्चले होलि पर्व बिशेष शुभकामना आदान–प्रदान तथा सल्लाहाकारहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । शनिवार गोदावरी पत्रकार मञ्चका अध्यक्ष एबम् गोदावरी एफ एमका सम्पादक हेमराज भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वाथ्य बिभागका पुर्ब महानिर्देशक एबम् पत्रकार मञ्चका संरक्षक डा. लक्ष्मीराज पाठक प्रमुख अतिथि रहेका थिए ।

Ganyapdhura gau

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उक्त कार्यक्रमका प्रमुख अतिथि डा. लक्ष्मिराज पाठकले पत्रकारले निष्पक्ष भएर सुचनाहरु सम्प्रेषण गर्नुपर्ने बताए । उनले एक जना पत्रकारको कलमले सिंगो समाज र देशलाई सहि दिशा तर्फ अघि बढाउन महत्वपूणर् भूमिका खेल्ने बताए । राज्यको चौथौ अंग पत्रकार भएकाले पत्रकारको देशमा ठुलो भुमिका रहने बताउदै डा. पाठकले पक्ष बिपक्ष नभनि गोदावरी पत्रकार मञ्चका सम्पूणर् पत्रकारहरुलाई स्वच्छ पत्रकारिता गर्न आग्रह गरे । यस्तै उनले अत्तरियाका पत्रकारहरु एक जुट भएको देख्दा आफुहरुलाई पनि खुसि लागेकाले पत्रकार मञ्चका लागि आफनो तर्फबाट गर्नुपर्ने सम्पुणर् सहयोगहरु गर्न तयार रहेको समेत बताए ।

त्यसैगरी विशिष्ट अतिथी पदमा अस्पतालका प्रबन्ध निर्देशक तथा पत्रकार मञ्चका संरक्षक डा. नर बहादुर मौनि रहेका थिए । कार्यक्रममा बोल्दै बिशिष्ट अतिथिमा डा. नर बहादुर मौनिले पत्रकार र पत्रकारिता आम सर्वसाधारणका लागि सुचनाको पहिलो सम्बाहाक भएको बताएका छन । यस्मा सर्बसाधारणलाई कस्तो सुचना र सन्देशहरु दिने भन्ने बिषयमा पत्रकारहरु गम्भिर हुनु पर्ने बताए । उनले पत्रकारहरुले एकलौटी रुपमा समाचार लेख्दा कसैको जिवनभरी भार पर्न सक्ने भएकाले पत्रकारले दुवै पक्षका कुराहरुलाई समेटेर आ-आफ्नो संचारमाध्यामहरुमा ल्याउनुपर्ने बताएका थिए ।

कार्यक्रममा सहभागी पत्रकार मञ्चका सल्लाहाकारहरु अग्नि पोष्ट दैनिकका संञ्चालक लोक राज पाण्डे आगो, रेडियो प्रदेश सेभेनका प्रबन्ध निर्देशक शेर बहादुर शाहा, आर्थिक अभियान दैनिकका सुदूरपश्चिम ब्यूरो प्रमुख बिरेन्द्र भट्ट, सुदुर बिजनेसका संचालक हेमराज अबस्थीले पत्रकार मञ्चको टिमलाई बधाई सहित शुभकामना दिएका थिए ।

कार्यक्रममा संरक्षक र सल्लाहाकारहरुलाई पत्रकार मञ्चका अध्यक्ष भट्ट, उपाध्यक्ष एबम् टिभी टुडेका सुदूरपश्चिम संयोजक अनिल पन्त र प्रबक्ता एबम् कामधेनु पोष्टका संचालक प्रेम बिष्टले टिका र खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रमको संचालन मञ्चका सचिब नरेश नाथ योगीले गरेका थिए ।

Loading...