सरकारले सुदूरपश्चिमका २३ सहित देशभरका ७८ वटा गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

सरकारले सुदूरपश्चिमका २३ सहित देशभरका ७८ वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले बिहीबार निर्णय गर्दै नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) वा सो सरहका कर्मचारीलाई रिक्त पदमा पठाएको जनाएको छ।

मन्त्रालयका अनुसार बैतडीको डिलाशैनी गाउँपालिकामा लोकेन्द्रसिंह नेगीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ। उक्त गाउँपालिका यसअघि निमित्त अधिकृतको भरमा सञ्चालन हुँदै आएको थियो।

Navadurga sun

त्यसैगरी दार्चुलाको मालिकार्जुन गाउँपालिकामा विष्णु साहनी, अपिहिमाल गाउँपालिकामा लोकेन्द्रबहादुर बिष्ट र व्याँस गाउँपालिकामा हरि पौडेललाई खटाइएको छ। डडेल्धुराको आलिताल गाउँपालिकामा कृष्णानन्द जोशी तथा नवदुर्गा गाउँपालिकामा दुर्गादत्त भट्टलाई जिम्मेवारी दिइएको छ।

बझाङ जिल्लाका केदारस्युँ गाउँपालिकामा लक्ष्मीप्रसाद उपाध्याय, बित्थडचीर गाउँपालिकामा शम्भु ठकुल्ला, साइपाल गाउँपालिकामा शिवराज जोशी, छबिसपाथिभेरा गाउँपालिकामा टेकबहादुर रावत, तलकोट गाउँपालिकामा सुभाष खड्का र सुर्मा गाउँपालिकामा चन्द्रदेव जोशी खटाइएका छन्।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा रमेशसिंह भण्डारी, खप्तड छेडेदह गाउँपालिकामा टेकबहादुर मौनी र जगन्नाथ गाउँपालिकामा हेमन्त चुनारा खटाइएका छन्।

अछामको चौरपाटी गाउँपालिकामा कृष्णप्रसाद पौड्याल, मेल्लेख गाउँपालिकामा कमलप्रसाद पराजुली र बान्नीगढी जयगढ गाउँपालिकामा सुरेशप्रसाद जोशीलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै डोटीको बडीकेदार गाउँपालिकामा डिल्लीराम भट्ट, सायल गाउँपालिकामा नवीनकुमार खड्का र आदर्श गाउँपालिकामा भुवनराज पाण्डेलाई खटाइएको छ।

कैलालीको बर्दगोरिया गाउँपालिकामा धर्मबहादुर थारु र कैलारी गाउँपालिकामा दलबहादुर धामीलाई खटाइएको छ। धामीलाई बैतडीको मेलौली नगरपालिकाबाट सरुवा गरिएको मन्त्रालयले जनाएको छ। नयाँ नियुक्तिसँगै ती स्थानीय तहमा प्रशासनिक सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...