कैलालीको बुढीतोलामा ४२औँ बाख्रा फार्म दिवस भव्य रूपमा सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ बुढीतोलामा रहेको बाख्रा अनुवांशिक स्रोत केन्द्रले ४२ औँ फार्म दिवस भव्य रूपमा मनाएको छ।

कार्यक्रममा चक्रबहादुर बोगटी (चुरे गाउँपालिका अध्यक्ष) प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने केन्द्र प्रमुख पशुपतिनाथको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। स्रोत केन्द्रका सहसचिव जगदीश पाण्डे विशिष्ट अतिथिका रूपमा रहेका थिए।

Navadurga sun

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा बाख्रापालक किसानहरूको उल्लेख्य सहभागिता रहेको थियो। वक्ताहरूले यस केन्द्र सुदूरपश्चिमकै एकमात्र बाख्रा विकास फर्म भएको र बाख्रा उत्पादनको मुख्य स्रोतका रूपमा रहेको बताएका थिए।

कार्यक्रमका अवसरमा विभिन्न जिल्लाका बाख्रापालक किसानहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने उत्कृष्ट काम गर्ने दुई जना कर्मचारीलाई पनि पुरस्कृत गरिएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...