हनुमान जयन्ती मा गोदावारी धामस्थित हनुमान मन्दिर मा भव्य कार्यक्रम सम्पन्न

गोदावारीको हनुमान मन्दिर धार्मिक र पर्यटकीय केन्द्र बन्दै

अत्तरिया- हनुमान जयन्तीको अवसरमा हनुमान जयन्ती का दिन गोदावारी धामस्थित हनुमान मन्दिर मा हनुमान मन्दिर सेवा समितिको पाँचौं साधारण सभा विभिन्न धार्मिक कार्यक्रमसहित सम्पन्न भयो।

कार्यक्रममा श्रद्धालु भक्तजनहरूको सहभागितामा पूजा–आराधना, ध्वजा अनावरण तथा झन्डोतोलन गरिएको थियो। सशस्त्र प्रहरी बल बैजनाथ बाहिनीका निमित्त प्रमुख एसएसपी दिग विजय सुवेदी ले ध्वजा अनावरण तथा झन्डोतोलन गरेका थिए।

Navadurga sun

समितिका अध्यक्ष नरेन्द्र शाही को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुवेदी र विशिष्ट अतिथिका रूपमा स्वामी प्रेमानन्द महाराज सहित विभिन्न धार्मिक तथा समाजसेवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन डा. डम्बर बहादुर पाल ले गरेका थिए भने स्वागत मन्तव्य टेकराज भट्ट ले दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सुवेदीले काम, क्रोध, मोह र अहंकार त्याग्नुपर्नेमा जोड दिँदै अनुशासित र सकारात्मक जीवनशैली अपनाउन आग्रह गरे। साथै, सशस्त्र प्रहरी बल सधैं जनताको सेवामा तत्पर रहेको पनि बताए।

यस अवसरमा मन्दिर परिसरमा राम दरबार निर्माण कार्य भइरहेको र उक्त संरचना पाँच तलासम्म बनाउने योजना रहेको जानकारी दिइयो। साथै, हनुमान मन्दिर धार्मिकसँगै पर्यटकीय गन्तव्यका रूपमा पनि विकास हुँदै गएको छ र पर्यटकहरूको आगमन दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...