धनगढीमा १४ स्थानमा फायर हाइड्रेन्ट जडान

धनगढी- आगलागीबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा १४ स्थानमा फायर हाइड्रेन्ट जडान गरेको छ। नगरपालिकाका अनुसार गत आर्थिक वर्षमा ८ र चालु आर्थिक वर्षमा थप ६ स्थानमा हाइड्रेन्ट जडान गरिएको हो।

गत वर्ष मुख्य बजार क्षेत्र अन्तर्गत चौराहादेखि क्याम्पसरोड सडक खण्डमा ५ र सहिद गेटदेखि शिवनगर सडक खण्डमा ३ स्थानमा हाइड्रेन्ट राखिएको थियो। यस वर्ष भने वडा नं. १ को महोत्सव स्थल, वडा नं. ३ को पक्की कुवा, वडा नं. ४ को भाटभटेनी चोक, कैलालीगाउँ जाने बाटो, वडा नं. ५ को यातायात कार्यालय, वडा नं. ६ मटियारी तथा वडा नं. १२ को सहरी स्वास्थ्य केन्द्र आसपास गरी ६ स्थानमा हाइड्रेन्ट जडान गरिएको छ।

Navadurga sun

नगर प्रमुख गोपाल हमालका अनुसार आगलागी हुँदा दमकलले पानी भर्न टाढा जानुपर्ने समस्या हटाउन फायर हाइड्रेन्ट जडान गरिएको हो। “नजिकै जडान गरिएको हाइड्रेन्टले आगो निभाउन सहज बनाउँछ र सम्भावित जोखिम कम गर्न सहयोग गर्छ,” उनले बताए।

हाइड्रेन्टमा जेट पम्प प्रयोग गरी आगो निभाउन सकिने भएकाले पानीको अभाव पनि नहुने बताइएको छ। उपमहानगरपालिकाले क्रमशः सबै १९ वडामा फायर हाइड्रेन्ट विस्तार गर्ने योजना समेत बनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...