
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले दुई जिल्ला अस्पतालमा अध्यक्ष नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला अस्पताल डोटी र अछामको अध्यक्ष नियुक्त गरेको हो । डोटी अस्पतालमा डोटीका भरत बोहरा र अछाम अस्पतालमा अछामका लीलाराज केसी नियुक्त भएका छन् ।


त्यस्तै खेलकुद परिषद् सदस्यमा पनि कञ्चनपुरका लीला बोहरा, कञ्चनपुरकै काशीराम बोहरा र बैतडीका पूर्ण बहादुर टेर नियुक्त भएका छन् ।
त्यस्तै मुख्यमन्त्री तथा मन्त्रपिरिषद्को परिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५ को अनुसूची हेरफेर गरिएको छ भने सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन सञ्चालन नियमावली २०२ समेत स्वीकृत गरिएको छ ।





