चोरी र आत्महत्या दुरुत्साहन मुद्दामा फरार कैलालीका ३ पक्राउ

धनगढी- चोरी र आत्महत्या दुरुत्साहन मुद्दामा फरार कैलालीका ३ पक्राउ परेका छन् ।

Dadeldhura hospital

पक्राउ पर्नेमा आत्महत्या दुरुत्साहन मुद्दामा २ वर्ष ११ महिना ७ दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका–१ भगरैया बस्ने २४ वर्षीय भुपेन्द्र चौधरी र चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएको गोदावरी नगरपालिका–१ बस्ने ३२ वर्षीय शेर महरा र घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय तपेन्द्र भण्डारी रहेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तिनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

Loading...