कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा

धनगढी- कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ । कैलालीको बिभिन्न स्थान धनगढी–३ त्रिनगर व्यारेल नजिक र जोशीपुर–३ लक्कडबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २६ हजार ८५० बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

भन्सार छलीका सुर्ति, बिडी, मसला, प्लाष्टिक झिल्ली लगायतका सामान सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

Navadurga sun

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अबैंध रुपमा भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५२ हजार ५ सय बराबरको माछा सोमवार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नष्ट गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...