एमाले कैलालीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शाहलाई ध्यानाकर्षण पत्र बुझायो

धनगढी- नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी कैलालीले केपी शर्मा ओली र रमेश लेखक पक्राउ गरिएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएको छ।

एमालेले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री बालेन्द्र शाह लाई आइतबार ध्यानाकर्षण पत्र बुझाउँदै दुवै नेताको तत्काल बिना सर्त रिहाइ तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको हो।

Navadurga sun
Godawari sandesh

जिल्ला प्रशासन कार्यालयमा पार्टीका कार्यकर्ताहरू र्‍यालीसहित पुगेका थिए। जिल्ला अध्यक्ष यज्ञराज ढुंगानासहितका नेताहरूले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै पत्र बुझाएका हुन्।

Dadeldhura hospital

पत्रमा ओली र लेखकको पक्राउलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी भन्दै निन्दा गरिएको छ। साथै, मन्त्रिपरिषद्को निर्णयका आधारमा गरिएको गिरफ्तारी संविधान, विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यतामाथि आक्रमण भएको उल्लेख गरिएको छ।

एमालेले दुवै नेतालाई तत्काल रिहा गर्न माग गर्दै २०८२ भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठित आयोगको प्रतिवेदन खारेज गरी बहालवाला न्यायाधीशको नेतृत्वमा नयाँ आयोग गठन गर्नुपर्ने माग पनि अघि सारेको छ।

त्यसैगरी, मध्यपूर्वको अवस्थालाई कारण देखाउँदै बढाइएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन तथा लिपुलेक क्षेत्रमा भारत र चीनले अघि बढाएको व्यापारिक नाका निर्माण कार्य रोक्न सरकारसँग पहल गर्न माग गरिएको छ।

ध्यानाकर्षण पत्र बुझाउनुअघि एमालेले पार्टी कार्यालयदेखि पार्क मोड हुँदै जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रदर्शन गरेको थियो।

Loading...