धनगढीमा ओली र लेखकको रिहाइको माग गर्दै प्रदर्शन

धनगढी- धनगढीमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै प्रदर्शन गरिएको छ। एमालेको केन्द्रीय सर्कुलरअनुसार २३ जनसंगठनको संयुक्त आयोजनामा एमाले पार्टी कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म नाराबाजीसहित जुलुस निकालिएको हो।

Dadeldhura hospital

प्रदर्शनकारीहरूले सरकारविरुद्ध नारा लगाउँदै तत्काल रिहाइको माग गरेका छन्। कोण सभालाई अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्का, किसान महासंघ सुदूरपश्चिमका नेता मदन रेग्मी र भूमिहीन सुकुम्बासी संगठनका नेता लोकेन्द्र सिंहले सम्बोधन गरेका थिए।

godawari10 Mahila hinsa
Navadurga sun

उनीहरूले ओली र लेखकविरुद्ध राजनीतिक प्रतिशोध भएको आरोप लगाउँदै रिहा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

Loading...