सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा (प्रदेश राजपत्र सहित)





अत्तरिया, ३० असाेज- सुदूरपश्चिम प्रदेश सरकारले भोलि (आइतबार) असोज ३१ गते सार्वजनिक बिदा दिएको छ। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार प्रदेशभर भोलि एक दिन थप बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले जानकारी दिए।



जोशीका अनुसार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरीसकेको छ। संघीय सरकारले यस वर्ष असोज २६ गते मंगलबारदेखि असोज ३० गते शनिबारसम्म अर्थात् फूलपातीदेखि एकादशीसम्म ५ दिन दसैं बिदा दिएको थियो। सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो।






