कैलालीको बर्दगोरियामा गौशाला व्यवस्थापन सुधार्दै गाउँपालिका

कैलालीको बर्दगोरिया गाउँपालिकाले छाडा पशुचौपायाको दिगो व्यवस्थापन र गौशाला सुदृढीकरणमा ध्यान दिएको छ। सामाजिक सञ्जालमा गौशालामा रहेका गाईको नाजुक अवस्था देखाउने भिडियो भाइरल भएपछि गाउँपालिकाले प्रत्यक्ष हस्तक्षेप गर्ने निर्णय गरेको हो।

पूर्वाधार सुधार अन्तर्गत तीन वटा आधुनिक ट्रस, घाँस खाने डुँड, मूत्र सङ्कलन तथा मल भण्डारण कक्ष, बोरिङ र सुरक्षित घेराबार निर्माण गरिएको छ। गौशाला व्यवस्थापन समितिको कार्यशैलीमा कमजोरी देखिएपछि गाउँपालिकाले सञ्चालन प्रत्यक्ष गर्ने, ट्याक्टर र ट्रली व्यवस्था गर्ने, घाँस खेती गरी वर्षभरि पर्याप्त आहार सुनिश्चित गर्ने योजना अघि सारेको छ।

Navadurga sun

हाल गौशालामा २४० गाई रहेका छन्, र व्यवस्थापनका लागि छ जना कर्मचारी काम गर्दैछन्। गाउँपालिकाले आफ्ना पशु सडकमा छोड्ने किसानलाई दण्डित गर्ने नीति पनि ल्याउने जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...