एसइई परीक्षामा कैलालीबाट १८ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने

अत्तरिया- कैलाली जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १८ हजार ३६४ विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ कैलालीका प्रमुख ईश्वरी प्रसाद ज्ञवाली का अनुसार सहभागीमध्ये ९ हजार ६०५ छात्रा र ८ हजार ७५९ छात्र रहेका छन्।

परीक्षा चैत १९ गतेदेखि सुरु भई चैत २९ गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय परीक्षा बोर्ड द्वारा सार्वजनिक तालिकाअनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिनेछ।

Navadurga sun

परीक्षाका लागि जिल्लामा ५५ वटा केन्द्र तोकिएका छन्। केन्द्राध्यक्ष नियुक्ति, परीक्षा केन्द्र निर्धारण तथा उत्तरपुस्तिका सम्बन्धित केन्द्रमा पठाउने कार्य सम्पन्न भइसकेको छ। प्रश्नपत्र जिल्ला प्रहरी कार्यालय कैलाली मा आइपुगेको छ र छिट्टै इलाका प्रहरी कार्यालयमार्फत परीक्षा केन्द्रमा पुर्‍याइने तयारी भइरहेको छ।

प्रमुख ज्ञवालीले विद्यार्थीहरूलाई बिना डर–त्रास आत्मविश्वासका साथ परीक्षा दिन आग्रह गरेका छन्। परीक्षालाई व्यवस्थित र सहज बनाउन सम्पूर्ण तयारी पूरा भएको उनले बताएका छन्।

गत वर्ष २०८१ को एसइईमा कैलालीबाट १८ हजार ७५१ विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ७ हजार ५२३ जना (करिब ४० प्रतिशत) उत्तीर्ण भएका थिए। त्यसमध्ये ७ जनाले ४ GPA हासिल गरेका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...