धनगढी उपमहानगरले निजी विद्यालयलाई पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन

धनगढी- धनगढी उपमहानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरूलाई बिना अनुमति पाठ्यपुस्तक परिवर्तन नगर्न कडा निर्देशन दिएको छ। नगर कार्यपालिकाको कार्यालयले सोमबार जारी गरेको परिपत्रमार्फत यस्तो जानकारी दिइएको हो।

उपमहानगरपालिकाका अनुसार हरेक शैक्षिक सत्रमा विद्यालयहरूले पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकमाथि अनावश्यक आर्थिक बोझ पर्ने गुनासो आएपछि यो निर्णय गरिएको हो। अब उपमहानगरपालिकाको पूर्वस्वीकृति बिना कुनै पनि विद्यालयले पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने स्पष्ट पारिएको छ।

Navadurga sun

सूचनामा भनिएको छ कि यदि कुनै विद्यालयले बिना अनुमति पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ। यस कदमले अभिभावकको आर्थिक भार कम गर्ने र विद्यालय व्यवस्थापनमा पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ।

उपमहानगरपालिकाले धनगढीका सबै निजी विद्यालयहरूलाई आफूखुसी पाठ्यपुस्तक परिवर्तन नगर्न औपचारिक रूपमा परिपत्र जारी गरेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...