अन्तर्राष्ट्रिय सम्मानपछि रक्तदाता अभियन्ता दीपक उपाध्यायलाई सम्मान

अत्तरिया- अन्तर्राष्ट्रिय रक्तदाता सम्मान प्राप्त गरेका रक्तदाता अभियन्ता दीपक उपाध्यायलाई सुन्दर सुदूरपश्चिम यातायात प्रालिले विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। भारतको उत्तर प्रदेशस्थित सोनभद्र (दुद्धी) मा आयोजित ‘वीर बिरसा मुंडा अन्तर्राष्ट्रिय रक्तदाता सम्मान २०२६’ बाट सम्मानित उपाध्यायलाई संस्थाले प्रशंसा–पत्र, नगद तथा फूलमालासहित बधाई दिएको हो।

सुदूरपश्चिम प्रदेशका रक्तदान सद्भावना दूत तथा प्रालिका प्रेस सल्लाहकार समेत रहेका उपाध्यायलाई संस्थाका अध्यक्ष पदमराज सापकोटा लगायत पदाधिकारी तथा कर्मचारीहरूले सम्मान व्यक्त गरेका थिए।

Navadurga sun

प्रालिले जारी गरेको शुभकामना सन्देशमा उपाध्यायले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको यो सम्मानले संस्थाको प्रतिष्ठा उच्च बनाएको उल्लेख गरिएको छ। मानव सेवामा उनको निरन्तर समर्पण र रक्तदानप्रतिको योगदानलाई प्रेरणादायी भन्दै आगामी दिनमा अझ सक्रिय र सफल भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...