इदले राष्ट्रिय एकता सुदृढ बनाउने विश्वास : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद (इद उल फित्र) ले राष्ट्रिय एकता, आपसी सद्भाव र भाइचाराको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

इद (इद उल फित्र) २०८२ को अवसरमा जारी शुभकामना सन्देशमार्फत उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन्।

Navadurga sun

उनले पवित्र रमजान महिनाको समाप्तिसँगै मनाइने यस पर्वले त्याग, संयम, अनुशासन र परोपकारजस्ता मानवीय मूल्यहरूको सन्देश दिने उल्लेख गरेका छन्। साथै, इदले आपसी मेलमिलाप, सहिष्णुता र सहकार्यको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रदेश प्रमुख मियाँले पर्वले नेपालीहरूबीच समझदारी, समन्वय र राष्ट्रिय एकताको भावना अझ मजबुत बनाउँदै समृद्ध नेपाल निर्माणतर्फ प्रेरणा दिने अपेक्षा व्यक्त गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...