धनगढी–दीपायल द्रुतमार्ग अन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई पक्की पुल निर्माण

कैलाली- धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

सडक योजना कार्यालयका इन्जिनियर दीपक देवकोटाका अनुसार उक्त सडकखण्डअन्तर्गत जोनापुर रसुकुटी खोलामा पक्की पुल निर्माण भएका हुन् । दुवै पुल रु तीन करोड १५ लाखको लागतमा बनेका हुन् ।

Navadurga sun
Godawari sandesh

पुल निर्माणभएसँगै त्यहाँ कालोपत्र र खोला किनारमा तटबन्ध पनि गरिएको छ । निर्माण कम्पनीले दुवै पुल धनगढी–खुटिया–विपीनगर–दीपायल सडक आयोजना कार्यालयलाई गत साता हस्तान्तरण गरेको इन्जिनियर देवकोटाले जानकारी दिए । रासस

Couple
Loading...