कञ्चनपुरमा मदिरा बिक्री वितरणमा रोक

कञ्चनपुर, २७ असाेज- दशैं तथा तिहार लक्षित गरी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कञ्चनपुरमा मदिरा बेचबिखनमा रोक लगाएको छ।

चाडपर्वका बेला मदिरा सेवन गरी हुने हिंसात्मक गतिविधि रोक्न सर्वपक्षीय बैठकले बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो। प्रशासनले असोज २८ गते साँझ ७ बजेदेखि विजया दशमीको राति १२ बजेसम्म मदिरा बेचविखन र सेवनको कार्यमा रोक लगाएको हो।

Navadurga sun

यसैगरी तिहारमा कात्तिक १९ गते साँझ ७ बजेदेखि भाइटीकाको दिनको राति १२ बजेसम्म बिक्री वितरण र सेवनमा रोक लगाउने निर्णय गरिएको महिला सञ्जाल तथा मदिरा नियन्त्रण समिति कन्चनपुरका अध्यक्ष भगवती थापाले बताइन्।

चाडपर्वका बेला मदिरा बिक्री–वितरण र सेवनले समाजमा अशान्ति मच्चाउने, झै–झगडा हुने, दुर्घटना निम्तिने र महिलामाथि हिंसालगायतका घटना हुने भएकाले अवाञ्छित क्रियाकलाप कम गर्न यस्तो निर्णय गरिएको थापाले बताइन्।

मदिरा बिक्री–वितरण र सेवनमा रोक लगाउनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमार्फत सवै प्रहरीका ईकाइमा पत्राचार गरीसकेको बताइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...