गोदावरी–४ का २६ कृषकलाई माहुरीको घार उपलब्ध गराइने

लक्ष्मी भट्ट/अत्तरिया, २९ फागुन- नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीद्वारा सञ्चालित जीविकोपार्जन तथा जैविक विविधताका लागि समुदायको सशक्तिकरण (ECOLAB) परियोजना अन्तर्गत गोदावरी नगरपालिका वडा नं. ४ का २६ जना कृषकलाई माहुरी पालनसम्बन्धी तालिम प्रदान गरिएको थियाे ।

Dadeldhura hospital

तालिम प्राप्त २६ जना कृषकलाई निःशुल्क माहुरीको घार वितरण गर्ने योजना अनुसार आज शुक्रबार माहुरीको घार अवलोकन, निरीक्षण तथा घार विभाजन सम्बन्धी जानकारी दिइएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका अनुसार ती कृषकलाई तुरुन्तै मौरी पालक किसान लक्ष्मण कार्की र उमानन्द आचार्यको बसन्तपुरस्थित घारबाट माहुरी उपलब्ध गराइने निर्णय गरिएको छ ।

परियोजना अन्तर्गत माहुरी पालन, मौरीको चरन तथा अन्य सम्बन्धित विषयमा छनोट भएका सबै कृषकलाई आवश्यक तालिमसमेत दिइसकिएको जानकारी दिइएको छ ।

Loading...