


अत्तरिया- प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर तीनै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् ।



कञ्चनपुर १ बाट रास्वपाका जनक सिंह धामी २४ हजार ३३२ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाकी बीना मगरले ११ हजार ११० मत प्राप्त गरेकी छन् ।


कञ्चनपुर २ मा रास्वपाका दिपक राज बोहरा ३३ हजार ९५२ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण प्रकाश साउदले १० हजार ८२७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, कञ्चनपुर ३ बाट रास्वपाका ज्ञानेन्द्र सिंह महता २७ हजार ११८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरि प्रसाद बोहराले ९ हजार ४४३ मत प्राप्त गरेका छन् ।





