


दार्चुला – दार्चुला जिल्लाको दुई मतदान केन्द्रमा मतदानका लागि मतदाता आएका छैनन् ।


दार्चुलाको नौगाढ गाउँपालिका १ नागुको गौरीशंकर ममाध्यामिक विद्यालय र अपि हिमाल गाउँपालिका ३ को दुधिलास्थित झुक्सु मतदान केन्द्रमा मतदाता नआएको दार्चुलाका मूख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिए ।



‘हामी सबै तयारी गरेर बसेका छौँ । सुरक्षा व्यवस्था पनि चुस्त छ । तर यहाँ १० बजेसम्म पनि एकजना पनि मतदाता आएका छैनन्,’ गिरीले भने ।
उनका अनुसार यहाँका स्थानीयले ‘नो भोट’ भन्दै विरोध गरेको सुन्नमा आए पनि एकिन कारण थाहा छैन । ‘साँझसम्म आउने अपेक्षा गरेका छौँ । ठ्याक्कै यहि कारणले नआएको भन्ने केहि जानकारी आएको छैन,’ गिरीले भने ।
गिरीका अनुसाार गौरीशंकर माविमा ६०२ मतदाता छन् भने झुक्सुमा ३४६ जना मतदाता छन् ।





