करेन्ट लागेर एक जनाको मृत्यु






कञ्चनपुर- जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. २ बंकका ४० वर्षीय तेजबहादुर डगौराको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार विद्युतीय मोटरको तारबाट करेन्ट लाग्दा डगौराको घटनास्थलमै मृत्यु भएको हो ।


घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।



