रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु, एक जना घाइते

कञ्चनपुर- वेदकोट नगरपालिका–३ पेलितालमा कच्ची घर नजिकै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर का प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीका अनुसार ५० वर्षीया शारदादेवी महताको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि आज बिहान प्रहरी निरीक्षक वासु अवस्थीको नेतृत्वमा टोली खटिएको थियो।

Navadurga sun

उक्त घरमै बस्दै आएकी ४० वर्षीया सीता महता घाइते भएकी छन्। उनको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल मा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...