धनगढीबाट ‘च्याम्पियन्स ३६’ अभियान सुरु, लक्ष्य– २०३६ मा टी–२० विश्वकप

धनगढी- धनगढीमा दीर्घकालीन लक्ष्यसहित ‘च्याम्पियन्स ३६ – ग्रासरुट टू ग्लोरी’ अभियान सुरु गरिएको छ। सन् २०३६ सम्म नेपाललाई टी–२० विश्वकप उपाधि दिलाउने खेलाडी उत्पादन गर्ने उद्देश्यले अभियान अघि बढाइएको हो। कार्यक्रम गो ड्रीमर्स ले सञ्चालन गरेको हो।

अभियानको सुरुवाती चरणमा ऐश्वर्य विद्या निकेतन सँग १० वर्षे रणनीतिक सहकार्य घोषणा गरिएको छ। दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएसँगै कार्यक्रम औपचारिक रूपमा सुरु भएको हो। अभियानमार्फत विद्यालय र समुदायस्तरबाट प्रतिभा खोजी, छनोट र व्यावसायिक प्रशिक्षण प्रदान गरिने जनाइएको छ।

Navadurga sun

प्रशिक्षणमा प्राविधिक सीप, खेल रणनीति, फिटनेस, मानसिक सुदृढता, अनुशासन, टिमवर्क र नेतृत्व विकासलाई प्राथमिकता दिइनेछ। आधुनिक प्रशिक्षण प्रणाली र प्रदर्शन विश्लेषणमार्फत खेलाडीलाई चरणबद्ध रूपमा तयार गर्ने योजना रहेको आयोजकले जनाएको छ।

देशभित्र नियमित प्रतियोगितामा सहभागिता गराइनेछ भने भारतका क्रिकेट एकेडेमी तथा अन्य क्रिकेट राष्ट्रमा प्रशिक्षण र मैत्रीपूर्ण खेलको अवसर पनि उपलब्ध गराइनेछ। पूर्वाधार विकाससँगै दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य अभियानको रहेको छ, विशेषगरी फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रियासँगै यसको महत्व थपिएको बताइएको छ।

प्रदेशभर खेल विकासमा सक्रिय संस्थाले यसअघि ग्रासरुट क्रिकेट परियोजना सञ्चालन गरिसकेको छ। साथै, यसको स्वामित्वमा रहेको धनगढी एफसी ले नेपाल सुपर लिग मा सहभागिता जनाउँदै आएको छ भने अर्जुन ट्रफी जस्ता प्रतियोगिताको आयोजना गर्दै आएको छ।

अभियानलाई देशव्यापी रूपमा विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र विश्वस्तरीय नेपाली टोली निर्माण गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...