एभरेष्ट एकेडेमीको २०औँ वार्षिक उत्सवमा पूर्व प्राचार्य तर्कराज भट्टराई सम्मानित

अत्तरिया- एभरेष्ट एकेडेमी माध्यमिक विद्यालयले आफ्नो २०औँ वार्षिक उत्सवमा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याएका पूर्व प्राचार्य तर्कराज भट्टराईलाई सम्मानित गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित भव्य समारोहमा सांस्कृतिक कार्यक्रम, विद्यार्थी प्रतिभा प्रस्तुति र अभिभावक–शिक्षक अन्तरक्रिया सहित उत्सव सम्पन्न भयो ।

पूर्व प्राचार्य भट्टराईलाई विद्यालयको शैक्षिक उन्नयन, अनुशासन र संस्थागत विकासमा योगदानको कदर गर्दै सम्मानपत्र, दोसल्ला र कदरपत्र प्रदान गरिएको थियो । हाल सक्षम पाठशालाका प्रिन्सिपल रहेका भट्टराईले शिक्षालाई व्यवहारिक, मूल्य–आधारित र विद्यार्थीकेन्द्रित बनाउन विभिन्न शैक्षिक सुधारका कार्यक्रम अघि बढाइरहेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

सम्मान ग्रहण गर्दै उनले एभरेष्ट एकेडेमीसँग बिताएका वर्षहरू स्मरणीय रहेको बताए र शिक्षक, विद्यार्थी, अभिभावक तथा व्यवस्थापन समितिको सामूहिक प्रयासबिना कुनै उपलब्धि असम्भव हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा अन्य वक्ताहरूले पनि भट्टराईको नेतृत्व क्षमता र शैक्षिक नवप्रवर्तनप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै भविष्यमा यस्ता योगदानलाई निरन्तर सम्मान गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।

वार्षिक उत्सवको अवसरमा उत्कृष्ट विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो । सांस्कृतिक झाँकी, नृत्य, गायन र नाटकले कार्यक्रम थप आकर्षक बनाएको थियो । अन्त्यमा विद्यालय प्रशासनले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी शैक्षिक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

Loading...