अत्तरियामा प्रजातन्त्र दिवसको अवसरमा वक्तृत्व कला प्रतियोगिता हुने

अत्तरिया- कैलालीको अत्तरियामा ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा वक्तृत्व कला प्रतियोगिता आयोजना हुने भएकाे छ । कैलालीकाे गोदावरी नगरपालिका १ अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको आयाेजनामा उक्त प्रतियोगिता हुने भएको हो । 

Dadeldhura hospital

आयोजकका अनुसार प्रतियोगिता यही फागुन ७ गते बिहीबार पुस्तकालयको सभाहलमा सञ्चालन हुनेछ । कार्यक्रममा गोदावरी नगरपालिका अन्तर्गतका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहनेछ ।

Navadurga sun
Godawari sandesh

उक्त प्रतियोगिताको प्रायोजक जनकल्याण इङ्गलिस सेकेण्डरी बोर्डिङ्ग स्कुल, गोदावरी–२ तेघरीले गर्ने भएको छ । प्रतियोगितामार्फत विद्यार्थीहरूमा वक्तृत्व क्षमता अभिवृद्धि गर्दै प्रजातन्त्र दिवसको महत्वबारे सचेतना फैलाउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

Loading...