हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

बर्दिया, २४ असाेज– गेरुवास्थित कर्णाली नदी किनारा खैरी बस्ने एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय बेचन दहित रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।

राजापुर नगरपालिका वडा नं. १० कोठियाघाटबाट एक किलोमिटर टाढा रहेको बाटोमा दहितलाई शनिबार राति घर फर्किंदै गर्दा हात्तीले आक्रमण गरेको र उनको शव आज बिहान फेला परेको उपरीक्षक शाहीले जानकारी दिए।

ADD Khali jpg
Loading...