वार्षिकोत्सवको पूर्वसन्ध्यामा खप्तड विद्या निकेतनमा खेलकुद प्रतियोगिता

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–३, मालाखेतीस्थित खप्तड विद्या निकेतनमा वार्षिक खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रत्येक वर्ष आयोजना हुँदै आएको उक्त प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच विद्यालयका प्रधानाध्यापक श्याम बहादुर खत्रीले उद्घाटन गरेका हुन् ।

Dadeldhura hospital

खेलकुद प्रतियोगिताका संयोजक भूवन भट्टका अनुसार पढाइसँगै बालबालिकालाई खेलकुदमा समेत अब्बल बनाउने उद्देश्यले वार्षिक खेलकुद प्रतियोगिता आयोजना गरिएको हो । विद्यार्थीलाई खेलकुदमार्फत शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्ने लक्ष्यका साथ अतिरिक्त क्रियाकलापअन्तर्गत वर्षभरि नै विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिँदै आएको उनले बताए । विद्यालयको वार्षिक कार्यक्रमका रूपमा प्रत्येक वर्ष एकपटक विशेष खेलकुद प्रतियोगिता आयोजना गर्ने गरिएको पनि उनले जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun

आगामी फागुन ६ गते विद्यालयको २२ औँ वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रम आयोजना गरिने संयोजक भट्टले बताए । उद्घाटन सत्रमा विद्यार्थीहरूले मार्चपास तथा म्युजिकल ड्रिल प्रस्तुत गरेका थिए ।

फागुन ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत फुटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, दौड, कबड्डी लगायतका खेलहरू समावेश छन् । साथै साना बालबालिकाका लागि पनि विभिन्न खेलहरूको आयोजना गरिएको छ । प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिने बताइएको छ ।

Loading...