प्रेस स्वतन्त्रताका पक्षमा सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की

काठमाडौं, २३ असाेज- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार साँझ पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री कार्कीले मन्त्रालयको वार्षिक प्रगति समीक्षा प्रकाशन गर्ने निर्णय डिजिटल हस्ताक्षर मार्फत सदर गरेका हुन् ।

सो अवसरमा उहाँले स्वतन्त्र प्रेसले नै लोकतन्त्रको रक्षा गर्ने बताउँदै वर्तमान सरकारले प्रेस स्वतन्त्रताको उच्च सम्मान गर्ने र सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहने प्रतिबद्धता समेत व्यक्त गरे । मन्त्री कार्कीले पत्रकारिता क्षेत्रको विकासलाई प्रोत्साहन गर्दै सरकारले जनताको चाहनाअनुसार काम गर्ने समेत बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले भने, “सरकारी काम कारवाहीलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सूचना प्रविधिको उच्चतम प्रयोग अपरिहार्य छ, प्रजातन्त्रमा नागरिक सर्वोच्चता पहिलो शर्त हो, नागरिकलाई सेवा प्रदान गर्ने जिम्मेवारी सरकारको हो, सरकारले बाटो बिराउन सक्छ, त्यस्तो अवस्थामा प्रेस जगत्को आफ्नै किसिमको भूमिका हुन्छ, त्यसका निम्ति सरकारले प्रोत्साहित गर्नेछ ।”

मन्त्री कार्कीले जनताको सर्वोच्चता स्थापित गर्ने र सूचनालाई सबैको हकका रुपमा स्थापित गर्ने जनाउँदै सञ्चार मन्त्रालयलाई केबल दैनिक काम गर्ने मन्त्रालयका रूपमा नभएर अहिलेको समयको चुनौतीलाई अवसरको रूपमा परिणत गर्ने मन्त्रालयका रूपमा परिवर्तन गर्ने बताए ।सो अवसरमा मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले मन्त्रीसमक्ष मन्त्रालयको काम र जिम्मेबारीबारे समेत  जानकारी गराएका थिए ।

नेपाली कांग्रेसको तर्फबाट सञ्चार मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्री कार्की यसअघि कानून, न्याय तथा संसदीय मामिला थए । अर्थमन्त्रीसमेत भइसक्नु भएका मन्त्री कार्की निर्वाचन सुनसरी निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित सांसद समेत हुन्। उनी विसं २०३९ सालमा पार्टीको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को अध्यक्ष समेत रहनु भएकाे थियो ।

Loading...