प्रतिभा संगम साहित्यिक रचनावाचन कार्यक्रम अत्तरियामा भव्य रूपमा सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–अत्तरियास्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयले आज माघ २४ गते ‘प्रतिभा संगम’ नामक साहित्यिक रचनावाचन कार्यक्रम पुस्तकालयकै सभाहलमा भव्यताका साथ सम्पन्न गरेको छ।

प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना गरिँदै आएको उक्त कार्यक्रममा श्री दुर्गालक्ष्मी बहुमुखी क्याम्पससहित यस क्षेत्रका विभिन्न विद्यालय तथा अन्य क्षेत्रबाट आएका गरी करिब ३० जना साहित्यकार तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

Navadurga sun

कार्यक्रममा प्रतिभा पुस्तकालयका अध्यक्ष भूपेश जोशी, साहित्यकारहरू निर्मल भण्डारी, कमल ओली, दिलबहादुर महरा, धर्मराज भण्डारी, चेतराज ओझा, कुलानन्द जोशी, कोमल ओली, डिलबहादुर महरा, दुर्गालक्ष्मी माध्यमिक विद्यालयका शिक्षक गणेश भट्टराई, प्रतिभा पुस्तकालयका लेखराज जोशी तथा पत्रकार दिपु भट्टलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता गर्दै अध्यक्ष भूपेश जोशीले पुस्तकालयले साहित्यिक विकास र स्थानीय प्रतिभाहरूको उन्नयनका लागि नियमित रूपमा ‘प्रतिभा संगम’ सञ्चालन गर्दै आएको बताए । उनले यस कार्यक्रममार्फत कनिष्ठ साहित्यकारहरूले आफ्ना रचनाहरू प्रस्तुत गरी साहित्यिक यात्रामा अगाडि बढ्न प्रेरणा पाउने विश्वास व्यक्त गरे।

साथै, उनले यस्ता साहित्यिक गतिविधिलाई धेरैभन्दा धेरै साहित्यकार, साहित्यप्रेमी तथा भाषा–कला–संस्कृति प्रेमीमाझ पुर्‍याउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै आगामी दिनहरूमा कार्यक्रममा सहभागीहरूको संख्या अझै बढ्ने विश्वास व्यक्त गरे।

ADD Khali jpg
ADD Khali jpg
Loading...