बैतडीमा भीरबाट खसेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी- बैतडीमा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको दशरथ चन्द नगरपालिका– ५ स्थित खरकटे सल्लेरी भीरबाट लडेर सोही नगरपालिका– ४ का ३२ वर्षिय प्रकाश चन्दको मृत्यु भएको हो ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार चन्द निर्वाचन प्रहरीको तालिम सकेर घर फर्किरहेका थिए । वडा नं. ५ मै रहेको क्रिकेट खेलमैदानमा निर्वाचन प्रहरीको तालिम सकेर राती करिब साढे ८ बजेतिर घर फर्किने क्रममा उनी भीरबाट लडेको प्रहरीले बताएको छ । भिरबाट करिब २५० मिटर तल खसेका चन्दको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

Navadurga sun
Godawari sandesh

उनको शव हाल जिल्ला अस्पताल बैतडीमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...