गोदावरी–४ बन्दगडास्थित मष्टाधाममा शिला तथा मूर्ति स्थापना

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–४, बन्दगडामा अवस्थित मष्टाधाममा सोमबार शिला स्थापना गरिएको छ। मष्टाधाममा रहेका ३ मुख्य धामसहित १२ वटै धाममा मष्ट देवताको शिला राखिएको हो।

मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउँदका अनुसार मष्टका मुख्य तीन धाम—दुधे मष्टा, दाडे मष्टा र जलान्धरी मष्टाधाममा विशेष रूपमा मष्ट देवताको शिला स्थापना गरिएको छ। यसका साथै अन्य नौ वटा मष्टाधाममा पनि शिला राखिएको उनले बताए।

Navadurga sun

त्यसैगरी मष्टाधाम परिसरभित्र रहेका चारवटा पञ्चाङ्गनमा देवी–देवताका मूर्ति पनि स्थापना गरिएको छ। पञ्चाङ्गनमा कालिका, गणेश, विष्णु र लक्ष्मीको मूर्ति स्थापना गरिएको अध्यक्ष साउँदले जानकारी दिए।

धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रका रूपमा रहेको मष्टाधाममा शिला र मूर्ति स्थापना भएपछि धार्मिक महत्त्व अझ बढेको स्थानीयवासीहरूको विश्वास रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...