माया मेट्रो अस्पतालले सुरु गर्‍यो स्टेपलर प्रविधिबाट सुन्नत उपचार सेवा सुरु

धनगढी- कैलालीको धनगढीमा पहिलोपटक टाँका बिनाको आधुनिक स्टेपलर प्रविधि प्रयोग गरी सुन्नत (खतना) उपचार सेवा सुरु भएको छ। धनगढीस्थित माया मेट्रो अस्पतालले विशेष मेडिकल उपकरण स्टेपलरमार्फत छिटो, सुरक्षित र कम दुखाइ हुने आधुनिक विधि लागू गरेको हो।

अस्पतालका अनुसार स्टेपलर प्रविधिबाट गरिने सुन्नत उपचारमा टाँका लगाउन नपर्ने, रक्तश्राव न्यून हुने र घाउ छिटो निको हुने विशेषता रहेको छ। परम्परागत विधिको तुलनामा यो प्रविधि बढी सुरक्षित, प्रभावकारी र सौन्दर्य परिणाम पनि राम्रो देखिने भएकाले सबै उमेर समूहका व्यक्तिहरूले सेवा लिन सक्ने अस्पतालले जनाएको छ।

Navadurga sun

विशेषगरी मधुमेह तथा अन्य दीर्घरोग भएका बिरामीहरूका लागि यो विधि अझ सुरक्षित र उपयुक्त रहेको अस्पतालको दाबी छ। आधुनिक उपकरण प्रयोग गरी उक्त सेवा वरिष्ठ मुत्ररोग विशेषज्ञ डा. सुमित कर्णले प्रदान गर्नेछन्।

सुन्नत (खतना) भनेको पुरुष लिंगको टुप्पामा रहेको छालालाई सुरक्षित रूपमा काटेर हटाउने शल्यक्रिया हो। स्टेपलर प्रविधिबाट गरिने यस आधुनिक विधिमा दुखाइ कम हुने, रक्तश्राव न्यून हुने र उपचार अवधि छोटो हुने भएकाले बिरामीका लागि सहज र सुरक्षित विकल्प बनेको छ।

यो सेवाको सुरुवातसँगै धनगढीमा स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ मानक स्थापित भएको र बिरामीलाई आधुनिक, सुरक्षित तथा प्रभावकारी उपचार विकल्प उपलब्ध भएको अस्पतालले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...