शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा माघ अन्त्यतिर बाघ गणना सुरु हुने

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा माघको अन्त्यतिर बाघ गणना सुरु हुने भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटामा पनि आवश्यक तयारी पूरा गरिएको निकुञ्ज कार्यालयले जनाएको छ।

Dadeldhura hospital

हाल चितवन–पर्सा तथा बर्दिया–बाँके क्षेत्र समेटिएको कम्प्लेक्समा बाघ गणना भइरहेको छ। ती क्षेत्रमा गणना सकिएपछि तेस्रो कम्प्लेक्सअन्तर्गत शुक्लाफाँटामा गणना सुरु हुने सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए। उनका अनुसार गणनाका लागि जनशक्ति तयारी अवस्थामा छ र प्राविधिक सामग्री आइपुगेपछि काम थालिनेछ।

Navadurga sun
Godawari sandesh

सन् २०२२ को राष्ट्रिय गणनामा शुक्लाफाँटामा ३६ बाघ रहेका थिए भने हालको आन्तरिक अनुगमनमा ४३ बाघ फेला परेका छन्। सानो क्षेत्रफल भए पनि आहारा प्रजातिको घनत्व उच्च भएकाले यहाँ बाघको संख्या बढ्दै गएको संरक्षणकर्मीहरूको भनाइ छ।

३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आहारा प्रजातिको घनत्व प्रतिवर्ग किलोमिटर १४६ रहेको छ।

Loading...