धनगढीबाट नगदसहित ११ जना जुवाडे पक्राउ

धनगढी- धनगढीबाट नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका १३ झलारीगाँउ स्थित खालि जमिनमा जुवातास खेलि रहेका छन् भन्ने गोप्य सूचनाको आधारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय रामचरण चौधरीसहित ११ जनालाई प्रहरीले आइतवार पक्राउ गरेको हो।

Navadurga sun

उनीहरुलाई नगद दुई लाख पाँच सय, ६ गड्डी तास र ११ थान मोवाईलसहित वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। सो सम्बन्धमा थप अनुसन्धान भईरहेको वडा प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...