निर्वाचन सुरक्षालाई लिएर सुदूरपश्चिममा सुरक्षा समितिको बैठक

सुदूरपश्चिम प्रदेश सुरक्षा समितिको बैठक आइतबार सम्पन्न भएको छ। मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यतामा तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीको संयोजकत्वमा बैठक बसेको हो।

प्रदेश प्रहरी ऐन, २०७९ को दफा ९१ बमोजिम आयोजित बैठकमा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, सम्भावित सुरक्षा चुनौती तथा एकीकृत निर्वाचन सुरक्षा रणनीतिबारे चारवटै सुरक्षा निकायबाट समीक्षा गरिएको थियो।

Navadurga sun

बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा रणनीतिअनुसार आ–आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने निर्णय गरेको छ।

त्यसैगरी, निर्वाचनका क्रममा फैलिन सक्ने नकारात्मक सूचना तथा गतिविधिहरूको सूक्ष्म निगरानीका लागि चारवटै सुरक्षा निकायले विशेष टोली गठन गरी एकीकृत रूपमा काम गर्ने निर्णय भएको छ।

राजनीतिक तथा प्रशासनिक रूपमा फैलिन सक्ने भ्रामक सूचनाप्रति समेत सजगता अपनाउने निर्णय गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा चारवटै सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...