गोदावरीधाममा बाह्रराशि दर्शन मकर मेला सुरु, भक्तजनको भीड

नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थल गोदावरीधाममा बाह्रराशि दर्शन मकर मेला औपचारिक रूपमा सुरु भएको छ। मकर सङ्क्रान्तिको अवसरसँगै गोदावरीधाममा स्नान गर्ने भक्तजनहरूको आगमन बढ्न थालेको छ।

हरेक वर्षझैँ यस वर्ष पनि भक्तजनहरू राति १२ बजेदेखि पवित्र गोदावरी नदीमा स्नान गर्न थालेका छन्। मेला सुरु भएको जानकारी गोदावरीधाम विकास समितिले एक औपचारिक कार्यक्रममार्फत दिएको हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

गोदावरीधाम विकास समितिका अध्यक्ष पदमराज जोशीले मेलाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको र भक्तजनहरूको आगमन क्रमशः बढिरहेको बताए। उनका अनुसार मेलालाई व्यवस्थित र सुरक्षित बनाउन समिति तथा स्थानीय निकायबीच समन्वय गरिएको छ।

त्यस्तै, मेला समितिका संयोजक दिपेन्द्र अवस्थीले मेलामा लाग्ने बजार व्यवस्थापन, स्नान कुण्ड निर्माण, कुम्भ बाटिका सजावटलगायत सबै संरचनात्मक तयारी सम्पन्न भइसकेको जानकारी दिए। यस वर्ष नगरपालिकाको सहयोगमा हनुमान मन्दिरदेखि स्नान कुण्डसम्म भक्तजनको आवतजावत सहज बनाउन रात्रीकालीन बत्तीहरू जडान गरिएको उनले बताए।

यसैबीच, गोदावरीधामको मुख्य शिव मन्दिरलाई आकर्षक रूपमा सजाइएको छ। मकर मेलाको अवसरमा आज रातभरि भजन–कीर्तन कार्यक्रम सञ्चालन हुने मेला समितिले जनाएको छ।

हरेक वर्ष माघ महिनाभर सञ्चालन हुने मकर मेलामा देशका विभिन्न भागबाट हजारौँ श्रद्धालु भक्तजन गोदावरीधाम पुग्ने गर्छन्। यस मेलाले सुदूरपश्चिम क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउँदै आएको छ।

Loading...