मकरीगाड हाइड्रोपावरविरुद्ध स्थानीय आन्दोलन, सेयर सुनिश्चित गर्न माग

दार्चुला- अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १० मेगावाट क्षमताको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्। आयोजना प्रभावित क्षेत्रका नागरिकलाई सेयर सुनिश्चित गर्नुपर्ने मागसहित स्थानीयले विरोध जनाएका हुन्।

Ganyapdhura gau

हाइड्रोपावर कम्पनीले सेयर जारी गर्ने तयारी गरिरहेका बेला स्थानीयले आफूहरू प्रत्यक्ष लाभबाट वञ्चित हुने अवस्था आएको भन्दै मकरीगाड सेयर वितरण सङ्घर्ष समिति गठन गरी कम्पनीलाई ज्ञापनपत्र बुझाएका छन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सङ्घर्ष समितिका संयोजक देवेन्द्रसिंह रोकायाको हस्ताक्षर रहेको ज्ञापनपत्रमा आर्थिक रूपमा कमजोर तथा गरिब स्थानीय नागरिकलाई निःशुल्क सेयर उपलब्ध गराउनुपर्ने र आयोजना प्रभावित क्षेत्रका नागरिकलाई कम्तीमा ८० प्रतिशत सेयर सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

ज्ञापनपत्रमा आयोजनाका कारण प्रभावित सडकमा पक्की पर्खाल तथा तटबन्ध निर्माण गर्नुपर्ने, प्रभावित क्षेत्रमा आवश्यक पूर्वाधार विकास गर्नुपर्ने, पानीका मुहान सुक्ने स्थानमा खानेपानी योजना सञ्चालन गर्नुपर्ने तथा विस्थापित पुराना घट्टको सट्टा नयाँ पानी घट्ट निर्माण गर्नुपर्ने माग समेटिएको छ। यसअघि मकरीगाड क्षेत्रमा परम्परागत घट्ट सञ्चालनमा रहेका थिए।

यस्तै आयोजना प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण तथा आधारभूत स्वास्थ्य संस्थामा आवश्यक उपकरण उपलब्ध गराउन पनि कम्पनीसँग माग गरिएको छ। सङ्घर्ष समितिले ज्ञापनपत्रमा उल्लेखित माग तीन दिनभित्र सम्बोधन नगरिए मकरीगाड हाइड्रोपावर बन्द गर्ने चेतावनीसमेत दिएको छ।

हाइड्रोपावर कम्पनीलाई ज्ञापनपत्र बुझाएपछि सङ्घर्ष समितिले अपिहिमाल गाउँपालिकालाई पनि सेयर वितरण र आयोजनासम्बन्धी विषयमा आवश्यक समन्वय गर्न आग्रह गर्दै छुट्टै ज्ञापन बुझाएको छ। गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालाई ज्ञापन बुझाउँदै आयोजना प्रभावित स्थानीयले पाउने सेवा–सुविधाका विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न माग गरिएको छ । रासस

Couple
Loading...