डोटीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

डोटी- डोटीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

Dadeldhura hospital

डोटीको शिखर नगरपालिका–१० बान्डुङग्रीसैन स्थित के.आई.सिंह राजमार्गमा धनगढीबाट दिपायल तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१३ प ८१२८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६८ वर्षकी तारा देवी बलायरको मृत्यु भएको हो । शुक्रवार दिउँसो ३ः१५ बजे मोटरसाइकलले बाटो काट्ने क्रममा पैदल यात्री बलायरलाई ठक्कर दिँदा गम्भिर घाईते भएकी थिइन् ।

godawari10 Mahila hinsa
Navadurga sun

उनलाई उपचारको लागि स्थानिय मेडिकल हुँदै डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएकोमा उपचारको क्रममा सोही दिन साँझ ६ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मोटरसाइकल चालक डोटीको दिपायल सिलगढी नगरपालिका–२ खुल्लेक बस्ने २६ वर्षीय मोहन बोगटी र मोटरसाइकल पछाडी सवार सोही ठाउँ वस्ने ३६ वर्षीय राम बोगटीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Loading...