साना किसान कृषि सहकारी संस्था लि. श्रीपुरको २९औँ वार्षिक साधारण सभा सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–८, स्याउले बजारस्थित संस्थाको प्रांगणमा साना किसान कृषि सहकारी संस्था लिमिटेड, श्रीपुर को २९औँ वार्षिक साधारण सभा पौष १८ गते शुक्रबार भव्यताका साथ सम्पन्न भएको छ ।

Ganyapdhura gau

संस्थाका अध्यक्ष केशव राज बिनाडी को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, अत्तरियाका कर्मचारी योगराज जोशी प्रमुख अतिथि रहनुभएको थियो भने संस्थाका संस्थापक अध्यक्ष नन्दलाल भट्ट विशिष्ट अतिथिका रूपमा सहभागी रहनुभएको थियो ।

Navadurga sun

कार्यक्रमको सञ्चालन संस्थाका मुख्य प्रबन्धक टेक राज भट्ट ले गर्नुभएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष फलराम चौधरी ले प्रस्तुत गर्नुभएको थियो भने लेखापरीक्षण प्रतिवेदन लेखा समिति संयोजक दिपेन्द्र बहादुर कठायत ले प्रस्तुत गर्नुभएको थियो ।

संस्थामा हाल १८ जना कर्मचारी कार्यरत छन् भने ५ हजार ८३६ जना सेयर सदस्य आबद्ध रहेका छन् । यस वर्ष संस्थाको कुल सेयर पूँजी रु. ६ करोड १३ लाख ९० हजार ३ सय पुगेको छ, जुन गत वर्ष रु. ५ करोड ५१ लाख ९९ हजार १ सय रहेको थियो । त्यस्तै, कुल निक्षेप रु.३१ करोड ८९ लाख ८१ हजार २२३ पुगेको छ, जसमा रु.५ करोड ४ लाख ५ हजार ९१ को वृद्धि भएको छ ।

Dadhaldhura pur

आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले नियमित कारोबारबाट रु.५७ लाख २७ हजार १२४ मुनाफा आर्जन गरेको छ भने कुल वासलात रु.७ अरब ९३ करोड १२ लाख ७२ हजार ५०२ रहेको छ । यस वर्षको खुद नाफा रु.३२ लाख ५५ हजार ८२१ रहेको छ भने गत वर्षको खुद नाफा रु.८३ लाख २७ हजार ६३२ रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले श्रीपुर साना किसान सहकारी संस्था यस क्षेत्रकै उत्कृष्ट सहकारी संस्था भएको उल्लेख गर्दै ढुक्क भएर कारोबार गर्न सेयर सदस्यहरूलाई आग्रह गरे । केही खराब सहकारीका कारण सम्पूर्ण सहकारी क्षेत्र बदनाम भएको भन्दै यसको सुदृढीकरणका लागि सबै सेयर सदस्यहरूको सक्रिय सहयोग अनिवार्य रहेको धारणा व्यक्त गरेका हुन् ।

वक्ताहरूले ऋण लिँदा उत्पादनशील क्षेत्रमा मात्र ऋण लिन, समयमै ऋण चुक्ता गर्न, संस्थाका कमी–कमजोरी औँल्याउँदै सुझाव दिन, तथा खराब ऋणहरूलाई प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाउन संस्था तयार रहेको जानकारी गराए ।

संस्थाले दिनप्रतिदिन प्रगति गरिरहेको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त बनाउन कर्मचारी, सञ्चालक समिति, सल्लाहकार समिति र लेखा समिति अहोरात्र खटिरहेको जनाएको छ । घरखर्च, विवाह–बर्तबन्ध जस्ता अनुत्पादक क्षेत्रमा ऋण प्रयोग हुने प्रवृत्ति न्यूनीकरण गर्न निगरानी बढाउनुपर्ने, वास्तविक उत्पादनशील तथा स्वरोजगारमुखी क्षेत्रमा मात्र ऋण प्रवाह गर्नुपर्ने सुझाव दिइएकाे छ ।

त्यसैगरी, सदस्यहरूमा बचत गर्ने बानीको विकासका लागि स–साना रकम पनि संकलन गर्न संस्थाले हिच्किचाउन नहुने धारणा पनि कार्यक्रममा व्यक्त गरिएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...