ब्यासमा हेलिकप्टरमार्फत खाद्यान्‍न ढुवानी

दार्चुला, १७ असाेज- जिल्लाको विकट ब्यास गाउँपालिकाका विभिन्न वडाहरुमा चामललगायत खाद्य सामग्री ढुवानी सुरु भएको छ । नेपाल खाद्य संस्थानको चामल हेलिकप्टरमार्फत आइतबारबाट ढुवानी सुरु गरिएको हो ।

Dadeldhura hospital

ब्यास गाउँपालिका–२ मालघाट घटनापछि महाकाली नदीमाथि लगाइएका सबै तुइनहरु भारतीय एसएसबीले काटिदिँदा ब्यासका विभिन्‍न बस्तीहरुमा खाद्यान्न अभाव भएको थियो । नेपालबाट ब्यासको सुन्सेरासम्म गाडी पुगेको भएपनि वर्षाका कारण दार्चुला–तिंकर सडक भत्किएर क्षतविक्षत हुँदा ढुवानीमा समस्या भएको गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीले बताए । खाद्यान्‍न ढुवानीका लागि हेलिकप्टर प्रयोग गरिएको उनले जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय धनगढीबाट दार्चुला सदरमुकाम खलंगासम्म ट्रक मार्फत तथा खलंगाबाट ब्यास गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ सम्म हेलिकप्टर मार्फत खाद्यान्न ढुवानीका लागि टेन्डर आह्वान गरेको थियो । कम्पनीले आह्वान गरेको टेन्डरपछि सिम्रिक एयरबाट ढुवानी भइरहेको छ ।

हेलिकप्टरले गाउँपालिका–१ तिंकरका लागि ७५ क्विन्टल, छाङरुका लागि एक सय २५ क्विन्टल, वडा नम्बर २ राप्लाको लागि २० क्विन्टल, मालघाटका लागि ३० क्विन्टल, वडा नम्बर ३ को सिना बस्तीका लागि एक सय क्विन्टल र वडा नम्बर ४ सुन्सेरामा दुई सय क्विन्टल खाद्यान्न ९चामल० ढुवानी गरिरहेको ब्यास गाउँपालिकाले जनाएको छ ।

Loading...