सेतीकाली बहुउद्देश्यीय सहकारीको चौथो वार्षिक साधारण सभा सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- सेतीकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गोनपा–२ अत्तरियाको चौथो वार्षिक साधारण सभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ । सभाको अध्यक्षता संस्थाका अध्यक्ष केशव दत्त पन्त ले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रूपमा सहकारी रजिस्टर तथा सुदूरपश्चिम प्रशिक्षक देवराज पन्त उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथि रूपमा सुन्दर सुदूरपश्चिम सहकारीका अध्यक्ष हरिदत्त भट्ट उपस्थित रहनु भएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रमको सञ्चालन पुष्पराज पाण्डे ले गर्नु भएको थियो भने स्वागत मन्तव्य तिलक कुँवर ले प्रस्तुत गर्नुभयो ।

Dadeldhura hospital

सहकारीको वार्षिक वित्तीय विवरण अनुसार संस्थाको वास्तविक शेयर पूँजी ११ लाख ९३ हजार, निक्षेप १३ लाख ७० हजार ३५, र खुद नाफा ३ लाख ५८ हजार ५७५ रहेको छ । संस्थामा हाल २ जना कर्मचारी र १३५ जना शेयर सदस्य छन् ।

सभामा वक्ताहरूले बचत गर्ने बानीको विकास आवश्यक रहेकोमा जोड दिँदै भन्नुभयो कि बैंकमा मात्र पैसा जम्मा गर्ने र सहकारीबाट मात्र ऋण लिने प्रवृत्ति सहकारीको दीर्घकालीन प्रगति रोक्न सक्छ । सहकारीको वास्तविक मालिक शेयर सदस्यहरू भएकाले पैसाको कारोबार इमान्दारीपूर्वक गर्नुपर्ने, र सानो पुँजीबाट पनि सहकारीलाई छोटो समयमा अगाडि बढाउन सकिने कुरा प्रमुख अतिथिले उल्लेख गर्नुभयो ।

अध्यक्ष पन्तले आफ्नो मन्तव्यमा भन्नुभयो, “एक वर्षमा १०० रुपैयाँ मासिक बचत गरे १२०० रुपैयाँ हुन्छ । सानो रकमबाट पनि भविष्यको लागि बचत गर्न सकिन्छ । हामी सुन्दर सुदूरपश्चिम सहकारी र सेती महाकाली सहकारीलाई एउटै बनाउन लक्ष्य लिएका छौं ।”

त्यसैले सबै शेयर सदस्य र कर्मचारीले आ–आफ्नो जिम्मेवारी अनुसार पहल गर्नुपर्नेमा पनि जोड दिइएको थियो । कर्मचारीहरू कम तलबमा मेहनत गरिरहेका छन्, त्यसमा धन्यवाद व्यक्त गरिएको छ ।

प्रमुख अतिथि पन्तले उपस्थित ७० जना शेयर सदस्यलाई मात्र उपस्थित हुनु संस्थाको राम्रो संकेत नभएको बताए । १३५ जना सदस्य मध्ये साधारण सभामा उपस्थिति न्यून हुनु, र यस वर्ष खुद नाफा कम हुनुका कारण पहिचान गर्नुपर्ने कुरा पनि उहाँले औँल्याउनुभयो ।

Loading...