दार्चुलाको छाङरु जाँदै प्रहरी टोली

अत्तरिया, १६ असाेज- दार्चुलाको व्यास गाउँपालिकामा पर्ने विकट क्षेत्र छाङरुमा बन्ने प्रहरी चौकी अनुगमन गर्न जिल्ला प्रहरी कार्यालय दार्चुलाको टोली त्यसतर्फ गएको छ । व्यास नगरपालिका–१ मा पर्ने १ छाङरु तर्फ प्रस्थान गरेको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव निरीक्षक मनोहर भट्टनेतृत्वमा टोली उक्त क्षेत्रतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी पुस्कर सिह ऐरीले बताए ।

Navadurga sun
Godawari sandesh

नेपाल भारत सीमा क्षेत्र रहेको सीतापुलमा बन्ने प्रहरी चौकी भवनको नाप, नक्साङ्कनका लागि दार्चुलाका प्रहरी प्रमुख डिएसपी भट्टको टोली छाङरु तर्फ गएको बताइएको छ । टोलीमा नापी कार्यालय दार्चुलाका प्रमुख, प्रदेश प्रहरी कार्यालयबाट आएका प्रहरीका प्राविधिक लगायत सात जना रहेको प्रहरी निरीक्षक ऐरीले बताए ।

भारतले अतिक्रमण गरेको कालापानीबाट नजिक रहेको छाङरुमा पछिल्लो समय नेपालले आफ्नो सुरक्षा उपस्थिती बलियो बनाइरहेको छ । छाङरुमा सशस्त्र प्रहरीको गुल्मका लागि पक्की भवन बनाइदैछ भने प्रहरीको भवन निर्माणका लागि नाप, नक्साङ्कन गरिदैछ।

Couple
Loading...